थप १०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६१५ जनाको परीक्षण गरिएको थियो।
१५३९ जनाको पिसिआर गर्दा ७२ र १०७६ जनाको एन्टिजेन परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यस्तै सोही अवधिमा ३१ जना संक्रमणबाट निको भएका छन् । अहिले देशभर ६०५ जना सक्रिय संक्रमित छन्।
यसको संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन।
असार २५, २०७९ शनिबार १७:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।