माओवादी केन्द्रले बनायो स्थानीय निर्वाचनको अन्तर्घात छानबिन गर्न समिति

माओवादी केन्द्रले बनायो स्थानीय निर्वाचनको अन्तर्घात छानबिन गर्न समिति

काठमाडौं : माओवादी केन्द्रले वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारमाथि भएको अन्तर्घात छानबिन गर्न छानबिन समिति गठन गरेको छ।

पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको पार्टीको बैठकले तीन सदस्यीय छानबिन समिति बनाएको माओवादी केन्द्रले जनाएको छ।

छानबिन समितिको अध्यक्षमा अनुशासन विभागका अध्यक्ष टंक राई रहेका छन् भने मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य छन्।

त्यस्तै, माओवादी केन्द्रले विद्यार्थी संगठनमा देखिएको समस्या समाधानका लागि सुझाव दिनका लागि पूर्व विद्यार्थी नेताहरु रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेको सुझाव समिति बनाएको छ।

असार २५, २०७९ शनिबार १२:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।