चैनपुर ट्याक्टर दुर्घटना : मृतकको संख्या तीन पुग्यो

काठमाडौं : सङ्खुवासभाको चैनपुर नगरपालिका–१० मा ट्याक्टर दुर्घटनामा परेर मृत्यु हुनको सङ्ख्या तीन पुगेको छ। शुक्रबार दिउँसो मलामी बोकेर फर्किदै गरेको को२त ३९६१ ट्याक्टर पल्टिएर दुर्घटना भएको थियो।
मृत्यु हुनेमा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गङ्गाबहादुर तामाङ, चैनपुर नगरपालिका–९ का ४६ वर्षीय केशव कार्की र ६६ वर्षीय खड्गबहादुर भण्डारी रहेको प्रहरीले जनाएको छ।
६६ वर्षीय भण्डारीको गए राति उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान मृत्यु भएको थियो भने घाइते भएका तामाङ र कार्कीको मनकामना सामुदायिक अस्पताल तुम्लिङटार उपचारका क्रममा मृत्यु भएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई मनकामना सामुदायिक अस्पताल तुम्लिङटार उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।
असार २५, २०७९ शनिबार ११:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।