नेकोस राष्ट्रिय क्रिकेट संघले अम्पायरिङ र स्कोरिङ तालिम गर्ने

नेकोस राष्ट्रिय क्रिकेट संघले अम्पायरिङ र स्कोरिङ तालिम गर्ने

काठमाडौं : नेकोस राष्ट्रिय क्रिकेट संघले अम्पायरिङ र स्कोरिङ तालिम आयोजना गर्ने भएको छ। इलाममा आयोजना हुने तालिम असार ३१ देखि साउन १ गतेसम्म चल्नेछ।

तालिमको मुख्य प्रशिक्षकमा अन्तर्राष्ट्रिय अम्पायर बुद्धिबहादुर प्रधान रहेको संघका अध्यक्ष विप्लव घोषले जनाएका छन्। उनका अनुसार तालिममा नेपाली महिला तथा पुरुषले सहभागिता जनाउन पाउने र नेपाली नागरिकता अनिवार्य गरिएको छ।

नेकोस राष्ट्रिय क्रिकेट संघले आयोजना गर्ने यस तालिमलाई नेपाल क्रिकेट संघ (क्यान)ले मान्यता दिएको छ। तालिमको ब्यवस्थापकमा इलाम जिल्ला क्रिकेट संघ रहेको छ। यो तालिमलाई प्रादेशिक क्रिकेट संघ, प्रदेश १ ले सहयोग गरेको छ। साथै विशेष सहयोगिमा नेपाल क्रिकेट संघ (क्यान) रहेको छ।

असार २५, २०७९ शनिबार १०:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।