बुढीगंगा ९ र १० नम्बर वडामा एमालेका उम्मेदवार विजयी

बुढीगंगा ९ र १० नम्बर वडामा एमालेका उम्मेदवार विजयी

काठमाडौं : बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ९ र १० को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। वडा नम्बर ९ मा मीनबहादुर सिंह र वडा नम्बर १० मा दलबहादुर साउद विजयी भएका हुन्।

वडा नम्बर ९ बाट विजयी सिंहले ४ सय ९२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका उम्मेदवार भरतबहादुर थापा २ सय ९३ मत प्राप्त गरेका थिए।

यस्तै वडा नम्बर १० बाट विजयी एमालेका उम्मेदवार साउदले ५ सय ४८ मत ल्याए भने कांग्रेसका मोहनबहादुर बुढाले ४ सय ९१ मत प्राप्त गरे।

असार २५, २०७९ शनिबार ०८:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।