जापानी पूर्वप्रधानमन्त्री आबेको निधनमा नेपालमा राष्ट्रिय शोक मनाइँदै

काठमाडौं : जापानका पूर्वप्रधानमन्त्री सिञ्जो आबेको निधनप्रति दु:ख व्यक्त गर्दै नेपालमा आज राष्ट्रिय शोक मनाइने भएको छ।
शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आबेको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो।
सरकारले आबेको निधनप्रति दुःख समेत प्रकट गरेको छ। आबेलाई गोली प्रहार गरी हत्या गरिएको घटना निन्दनीय भएको भन्दै सरकारले जापान सरकार, जापानी जनता र आबेको परिवारप्रति समवेदना व्यक्त गरेको छ।
एउटा चुनावी कार्यक्रममा भाषण गर्ने गर्ने क्रममा शुक्रबार आबेलाई गोली हानी हत्या गरिएको थियो।
गोली प्रहार गरे लगत्तै जापान प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले गोली प्रहार गर्ने ४१ वर्षीय पुरुषलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन्।
असार २५, २०७९ शनिबार ०८:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।