आज कतै सामान्य बदली, कतै भारी वर्षा

आज कतै सामान्य बदली, कतै भारी वर्षा

काठमाडौं : आज देशका विभिन्न भागमा कतै सामान्य बदली र कतै भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहने र बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ।

अहिले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशको बाँकी भू-भागमा आँशिकदेखि सामान्य बदली रहेको विभागले जनाएको छ। 

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ। विभागका अनुसार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सूदुरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षा समेत भइरहेको छ। 

विभागका अनुसार देशका अन्य भू-भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुका साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असार २५, २०७९ शनिबार ०७:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।