पहिलो 'दराज समिट' मा इकमर्सबारे छलफल
काठमाडौँ : दराज, नेपालले आफ्नो पहिलो वार्षिक दराज समिट सम्मेलन याक एन्ड यति होटेलमा आयोजना गरेको छ। एक दिने कार्यक्रममा तीन फरक प्यानलमा छलफल भएको थियो।
कार्यक्रममा प्रमुख वक्ता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेय, एमओसीआईटीका सचिव डा वैकुण्ठ अर्याल, विशेष अतिथि राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवल प्रसाद भण्डारी थिए।
दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले दराजले कसरी कमर्सको माध्यमबाट समुदायको उत्थान गरेर सांस्कृतिक प्रभाव पार्ने लक्ष्य राखेको छ भन्ने विषयमा आफ्ना धारणा राखेकी थिइन्।
तीन वटा प्यानलमा ‘नेपालमा परम्परागत कमर्सबाट ई–कमर्ससम्म’, ‘ब्लेन्डिङ अफ द मार्केट प्लेस एन्ड कमर्स फर डिजिटल इकोनोमी’ र ‘अपलिफ्टिङ कम्युनिटी थ्रु द पावर अफ डिजिटल कमर्स इन नेपाल’ विषयमा छलफल भएको थियो।
प्यानलमा गुरुप्रसाद पौडेल अम्बिका श्रेष्ठ, ओमेश लाल श्रेष्ठ, विमल अर्याल, सुरेश श्रेष्ठ, शङ्कर उप्रेती, आयुष श्रेष्ठ, सन्तोष पाण्डे, गोविन्दबहादुर कार्की, दिलीप अग्रवाल, सञ्जीव सुब्बा, र आँचल कुँवर सहभागी थिए।
असार २४, २०७९ शुक्रबार २२:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।