जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ : केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका-१५ का ४५ बर्षीय भरत ढकाल रहेका छन्।
गोरखा नगरापालिका-९ को तारा उच्च माध्यामिक विद्यालयका शिक्षक ढकालले मादक पदार्थ सेवन गरी घरमा कोही नभएको मौकामा एक महिलालाई बलात्कार गरेका थिए। पीडित महिलाको घरभित्र पसी ती महिलालाई बलात्कार गरी फरार रहेका ढकाललाई उच्च अदालत कास्की (तत्कालको पुनरावेदन अदालत कास्की) बाट ५ बर्ष कैद र ५० हजार क्षेतिपूर्तिको फैसला गरेको थियो। फरार रहेका ढकाललाई आज सिआईबीले भरतपुर महानगरपालिका-१५ पिठुवाबाट पक्राउ गरेको हो।
ढकाललाई फैसला कार्यान्वयनको लागि चितवन जिल्ला अदालतमा पेश गरेको ब्यूरोले जनाएको छ।
असार २४, २०७९ शुक्रबार १८:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।