राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

काठमाडौँ : बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउबिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक आज प्रमाणीकरण भएका छन्। 

सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा उक्त दुई विधेयक पेश भएका थिए। संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त दुई विधेयक आज प्रमाणीकरण गरेकी हुन्। 

असार २४, २०७९ शुक्रबार १५:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।