सुनको भाउ स्थिर, चाँदीको घट्यो

सुनको भाउ स्थिर, चाँदीको घट्यो

काठमाडौँ : नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

बुधबार छापावाल सुन प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार एक सय रुपैयाँ निर्धारण भएको छ।

बिहीबार चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेर ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदीको भाउ प्रतितोला ११ सय ८५ रुपैयाँ कायम थियो।

असार २४, २०७९ शुक्रबार १२:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।