शरिरभन्दा लामा कान भएको बाख्रा बन्यो पाकिस्तानको स्टार
एजेन्सी : पाकिस्तानमा यतिबेला एउटै विषयले चर्चा पाएको छ त्यो हो सबैभन्दा लामा कान भएको बाख्राको पाठो (बोका) । विश्व रेडर्कमा कीर्तिमानी राख्ने सोचिरहेका सो पाठाका मालिक मोहम्मद हसन नारेजोलाई यतिबेला मिडियालाई झेल्न भ्याइनभ्याई भइरहेको छ। हालसम्म त्यति लामो कान भएको बाख्रा गिनिज वल्र्ड रेकर्डमा दर्ता भएको छैन।
गिनिज वल्र्ड रेकर्ड संसारकै लामा कान भएको बाख्राको नाम दर्ता गराउने सोचेका उनको पाठो यतिबेला सामाजिक सञ्जाल, पाकिस्तानी मिडियाको लागि स्टार बनेको छ।
पाकिस्तानको कराचीस्थित जन्मिएको सिम्बाका दुइटै कान जन्मदेखि ५४ सेन्टिमिटर लामा छन्। पाठोको शरिरको आकारभन्दा ठुला कान भएको नारेजोको भनाइ छ।
सो पाठोलाई चराउने र खेलाउने क्रममा दुवै कान बेरेर छोड्ने काम नारेजोले गर्दै आएका छन्। आफ्नो पाठो भाइरल भएको देखेर चकित बनेका उनी भन्छन्, ‘सिम्बा जन्मेको दशबाह्र दिन नवित्दै भएभरका राष्ट्रिय अन्र्तराष्ट्रिय मिडियामा छाइसकेछ। यसको चर्चा देखेर लागिरहेको छ कि कुनै सुन्दरी प्रतियोगिता नै जितेछ क्यारे।’
असार २४, २०७९ शुक्रबार ११:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।