भारत-इंगल्यान्ड टी-२० सिरिज : पहिलो खेलमा भारत विजयी

भारत-इंगल्यान्ड टी-२० सिरिज : पहिलो खेलमा भारत विजयी

काठमाडौं : इंगल्यान्डमा जारी टी-२० सिरिजको पहिलो खेलमा भारतले इंगल्यान्डलाई पराजित गरेको छ।

बिहीबार साउथह्याम्टनमा भएको पहिलो टी-२० मा हार्दिक पाण्ड्याको अलराउन्ड प्रदर्शनमा भारतले इंग्ल्यान्डलाई ५० रनले पराजित गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले ८ विकेटको क्षतिमा १९८ रन जोड्यो।

भारतका लागि पाण्ड्याले ३३ बलमा ५१ रन जोडे। उनले ६ चौका र १ छक्का प्रहार गरेका थिए।

दीपक हुडाले १७ बलमा ३३ रन र सूर्यकुमार यादवले १९ बलमा ३९ रन बटुले। ‌ओपनर तथा कप्तान रोहित शर्माले १४ बलमा २४ रन जोडेका थिए।

बलिङमा इंग्ल्यान्डका मोइन अली र क्रिस जोर्डनले २-२ विकेट लिए। 

१९९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड ३ बल खेल्न बाँकी छदा १४८ रनमै अलआउट भयो।

इंग्ल्यान्डका लागि मोइन अलीले सबैभन्दा बढी ३६ रन जोडे। डेभिड मलानले २१ रन,  ह्यारी ब्रुकले २८ रन र क्रिस जोर्डनले नटआउट २६ रन जोड्दा अरू ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।

ओपनरद्वय जास रोए ४ रन र जोस बटलर शून्यमा आउट भएपछि भारतले उत्कृष्ट सुरुवात गरेको थियो।

बलिङमा भारतका पाण्ड्याले ४ विकेट लिए। प्लेयर अफ दि म्याच पाण्ड्याले ४ ओभरमा ३३ रन खर्चिए। अर्शदीप सिंह र युजवेन्द्र चहलले २-२ विकेट लिए।
 

असार २४, २०७९ शुक्रबार ०९:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।