ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं : भक्तपुरमा मिनी ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। चाँगुनारायण नगरपालिका-५, पिखेलमा गए राति भक्तपुर डेकोचाबाट चाँगुनारायणतर्फ जाँदै गरेको बा५ख ५४२३ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा बा६७प ८४२२ नम्बरका स्कुटर चालकको मृत्यु भएको हो।
दुर्घटनामा घाइते भक्तपुर नगरपालिका-१, सल्लाघारीका ३२ वर्षीय माधव बस्नेतको शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।
प्रहरीले मिनी ट्रकका चालक भक्तपुर नगरपालिका-८, लिवालीका ४३ वर्षीय सत्यराम कर्माचार्यलाई पक्राउ गरेको छ ।
असार २४, २०७९ शुक्रबार ०९:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।