विम्बल्डन टेनिस : नाडाललाई चोट तगारो, किर्गियोस सोझै फाइनलमा

विम्बल्डन टेनिस : नाडाललाई चोट तगारो, किर्गियोस सोझै फाइनलमा

काठमाडौं : घाइते भएर राफेल नाडालले सेमिफाइनल खेल्न नसकेपछि निक किर्गियोस विम्बल्डन टेनिस पुरुष एकलको फाइनलमा प्रवेश गरेका छन्।

पेटमा चोट लागेका नाडालले निक किर्गियोस विरूद्धको सेमिफाइनल खेलअघि बिहीबार प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए।

३६ वर्षीय नाडालले क्वार्टरफाइनलमा चोटका बावजुद जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेका थिए।

आगामी आइतबारे हुने फाइनलमा किर्गियोसले अब उपाधिका लागि नोभाक जोकोभिच वा क्यामरोन नोरीमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछन्।

असार २४, २०७९ शुक्रबार ०८:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।