पाँच प्रदेशमा चट्याङसहित वर्षा, सतर्क रहन आग्रह

पाँच प्रदेशमा चट्याङसहित वर्षा, सतर्क रहन आग्रह

काठमाडौं : आज देशका पाँच प्रदेशमा सामान्य बदली रहने र बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार पाँच प्रदेशमा आज बिहानैदेखि वर्षा भइरहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। 

शुक्रबार दिउँसो  प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आगामी २४ घण्टामा देशभर धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १ र मधेश प्रदेशका एक-दुई स्थानहरु साथै बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।

पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्नेछ।

जसका कारण दैनिक जनजीवन र यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

असार २४, २०७९ शुक्रबार ०८:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।