चट्याङ लागेर १४ रोपाहार घाइते

चट्याङ लागेर १४ रोपाहार घाइते

काठमाडौं : चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन्।

कालिका-८, मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए। सोही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घाइतेमध्ये पाँच जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। अन्य ९ जना गए राति नै उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ। घाइते पाँच जनाको अवस्था खतरामुक्त रहेको छ। बुधबार साँझ ६ बजेको समयमा चट्याङ परेको थियो।

असार २३, २०७९ बिहीबार ०७:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।