गर्भावस्थाको नवौँ महिनामा भ्रूण गुमाएकी महिलालाई भ्रूण हत्या आरोपमा ५० वर्ष कैद

गर्भावस्थाको नवौँ महिनामा भ्रूण गुमाएकी महिलालाई भ्रूण हत्या आरोपमा ५० वर्ष कैद

एजेन्सी : गर्भावस्थाको नवौँ महिनामा भ्रूण गुमाएकी एक महिलालाई भ्रूण हत्याको आरोपमा ५० वर्ष कैद हुने भएको छ। दक्षिण अमेरिकी मुलुक एल साल्भाडोरकी महिलाले गर्भ रहेको नवौँ महिनामा गर्भ तुहाएर भ्रूण हत्या गरेको भन्दै ५० वर्ष कैदको सजाय सुनाएको हो।

भ्रूण हत्यामा दोषी ठहरिएको भन्दै एल साल्भाडोरका एक न्यायाधिशले २३ वर्षीय ती महिलालाई गत हप्ता ५० वर्ष कैद सजाय सुनाएको प्रजनन अधिकारकर्मीहरूले जनाएका छन्। 

एल साल्भाडोरमा भ्रूण हत्यासम्बन्धी कडा कानुनी व्यवस्था छ। गर्भ बसेपछि त्यसको रक्षाको जिम्मेवार स्वयम् महिला नै हुने भन्दै यदि कसैको गर्भपतन भयो या भ्रूण हत्या भएमा त्यहाँको कानुनले महिलालाई दोषी ठहर गर्ने गर्छ। 

लेज्ली लिस्बेथ रामिरेज रामिरेज नाम गरेकी ती महिलाले सन् २०२० जुनमा गर्भावस्थामै आफ्नो भ्रूण गुमाएकी थिइन्। सो समयमा केबल १९ वर्षकी रामिरेजले सुत्केरी व्यथा लागेर शौचालय गएकी थिइन्। आफुले शौचालय गएको बेला भ्रूण उनले आफ्ना परिवारका सदस्यहरूसँग बताएकी थिइन्।

परिवारका सदस्यहरूले सहयोगका लागि तत्काल प्रहरीलाई खबर गरे लगत्तै उनलाई अस्पताल पुर्याइको थियो। सो समयमा आफू गर्भवती भएको भन्ने बारेसमेत थाहा नपाएको आफ्ना परिवारका सदस्यसँग बताउँदै आएकी थिइन्। तर अस्पताल बसाइँको क्रममा भ्रूण हत्या गरेको हुन सक्ने आशंकामा उनलाई हिरासत लगिएको थियो। 

भ्रूण हत्यासम्बन्धी मुद्दा चलेको झन्डै दुइ वर्षपछि गत हप्ता त्यहाँको अदालतले ५० वर्ष कारावासको सजाय सुनाएको हो। एल साल्भाडोरमा गर्भपतन भएका र शिशु गुमाएका महिलालाईभ्रूण हत्याको मुद्रामा १० देखि ५० वर्ष जेल सजाय सुनाउने गरिन्छ। 

असार २२, २०७९ बुधबार २०:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।