कोरोना संक्रमण बढ्दै, आज ११३ संक्रमित

काठमाडौँ : कोरोना भाइरस सङ्क्रमण दैनिक बढिरहेको छ। आज एकै दिन ११३ जनामा सङ्क्रमण देखिएको हो। मङ्गलबार मात्र ९० जनामा सङ्क्रमण पुष्टि भएको थियो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सङ्गीताकौशल मिश्राले आज नियमित पत्रकार सम्मेलनमा दुई हजार ७२४ कोरोना परीक्षण गर्दा ११३ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए। उनका अनुसार हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ४७१ जना रहेका छन्।
विगत २४ घण्टामा २० जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै सङ्क्रमणमुक्त हुने सङ्ख्या नौ लाख ६७ हजार ५७५ पुगेको छ। यो दर ९८।७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। हाल होम आइसोलेसनमा ४६९, संस्थागत आइसोलेसनमा दुई, भेन्टिलेटरमा एक र दुई जना सघन उपचार कक्ष (आइसियु) मा उपचार भइरहेको छ।
असार २२, २०७९ बुधबार १७:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।