'सूर्य नेपाल' मधेश प्रदेशकै उत्कृष्ट प्रतिष्ठानको रूपमा सम्मानित

'सूर्य नेपाल' मधेश प्रदेशकै उत्कृष्ट प्रतिष्ठानको रूपमा सम्मानित

काठमाडौंः बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको सूर्य नेपाल प्रालि मधेश प्रदेशको उत्कृष्ट प्रतिष्ठानको रूपमा सम्मानित भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवस्थापन सुरक्षा विभागले प्रदेशको उत्कृष्ट प्रतिष्ठान सम्मानबाट सम्मानित गरेको हो। 

सर्भेक्षणमा सूर्य नेपाल उत्कृष्ट घोषित भएपछि पुरस्कृत गरिएको हो। विभागले गरेको सर्भेक्षणमा मधेश प्रदेशका प्रतिष्ठानमध्ये सूर्य नेपाल व्यवस्थापनजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट व्यवस्थापन तथा अभ्यास गर्ने प्रतिष्ठानका रूपमा स्थापित भएको देखिएको थियो।

विभागले मधेश प्रदेशका सबै प्रतिष्ठानको व्यवस्थापनजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी सर्भेक्षण गरेको थियो।

असार २२, २०७९ बुधबार १३:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।