अझै सियो बन्दैन नेपालमा, ११ महिनामा एक करोड ३० लाखभन्दा बढीको आयात

काठमाडौंः 'नेपालमा सियो पनि बन्दैन', यो भनाइ अधिकांश नेपालीहरूले सुनेका छन्। र, अझै पनि यो परिस्थिति परिवर्तन भएको छैन।
हाल विश्वका १२ देशबाट नेपालमा सियो आयात हुने गरेको छ। चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा नेपालले विश्वका १२ देशबाट एक करोड ३० लाख ४० हजार रुपैयाँको सियो आयात गरेको छ।
भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा नेपालमा उक्त मूल्य बराबरको १९ हजार ७८४ केजी सियो भित्रिएको छ।
नेपालले सियो आयात गर्ने देशहरूमा भारत, अमेरिका, क्यानेडा, चीन, इटाली, जापान, केन्या, दक्षिण कोरिया, स्वीडेन, स्वीट्जरल्याण्ड, ताइवान र बेलायत रहेका छन्।
गत आर्थिक वर्ष २०७७/७८ मा विश्वका १३ वटा देशबाट नेपालले ९४ लाख ३ हजार रुपैयाँको सियो आयात गरेको थियो। सो मूल्यमा २१ हजार ४८७ केजी सियो नेपाल भित्रिएको थियो।
असार २२, २०७९ बुधबार १२:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।