उदयपुर र सोलुखुम्बुमा चट्याङ लागेर दुई जनाको मृत्यु

उदयपुर र सोलुखुम्बुमा चट्याङ लागेर दुई जनाको मृत्यु
साङ्केतिक तस्बिर

काठमाडौंः उदयपुर र सोलुखुम्बुका छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। मङ्गलबार बेलुका साढे ६ बजे उदयपुरको चौदण्डीगढी-५ का २५ वर्षीय रोशन चौधरी खेतमा काम गरी घर फर्कदै गरेको अवस्थामा अचानक पानीसँगै परेको चट्याङले लागेर घाइते भएका थिए।

चौधरीलाई तत्काल ईलाका प्रहरी कार्यालय सुन्दरपुरको प्रहरी टोलीले उपचारको लागि स्थानीय फत्तेपुर अस्पताल लगेकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो।

यता सोलुखुम्बु थुलुङ दुधकोशी-९ साउरेका एक बालकको चट्याङले लागेर मृत्यु भएको छ। मङ्गलबार बेलुका ७ बजे आमा पाकमाया तामाङसँगै मावल जाने क्रममा बाटोमा वर्षासँगै परेको चट्याङ लागी ७ वर्षीय सुजन तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

असार २२, २०७९ बुधबार १२:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।