ब्राउनसुगरसहित झापाबाट एक जना पक्राउ

ब्राउनसुगरसहित झापाबाट एक जना पक्राउ

झापाः मेचीनगर नगरपालिका-६ स्थित मेचीपुलबाट लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरे-२ का २२ वर्षीय मिलन दर्जी रहेका छन्। 

मङ्गलबार दिउँसो ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका दर्जीको साथबाट ९ ग्राम ब्राउनसुगर बरामद गरेको थियो।

दर्जीको विषयमा हाल ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको छ।

असार २२, २०७९ बुधबार १२:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।