बुधबार ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्यमा एकैदिन ठूलो गिरावट आएको छ। आज तोलामा एक हजार ६ सय रुपैयाँले सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार हुँदैछ। यस्तै तेजाबी सुन प्रतितोला ९५ हजार पाँच सय कायम भएको छ।
महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँले घटेर एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ।
असार २२, २०७९ बुधबार ११:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।