नागरिक लगानी कोषमा सबै बैंक शाखा र अनलाइनबाट रकम जम्मा गर्न सकिने

काठमाडौँ : नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि अवकाश योजना अन्तर्गत कार्यालय तथा सङ्घ–संस्थाहरूले आफ्ना कर्मचारीहरूका निम्ति एनसीएचएलका सदस्य बैङ्कको सबै शाखाबाट कोषमा रकम जम्मा गर्ने सकिने भएको छ।
कर्पोरेटपे प्रणाली मार्फत सङ्घ–संस्थाहरूले संयुक्त रूपमा आफ्ना कर्मचारीहरूको विवरण दाखिला गरी कोषको ई–सर्भिस पोर्टल मार्फत सब्मिसन नम्बर तथा अफिस कोड लिएर अनलाइनबाट भुक्तानी गर्न सक्ने कोषले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
२० लाख सम्मको रकम रियल टाइममा र सोभन्दा माथि २० करोड सम्मको रकम नन्–रियल टाइममा जम्मा गर्न सकिने कोषले बताए।
बैङ्क वित्तीय संस्थाका संस्थागत ग्राहकहरूले आवश्यक विवरण उपलब्ध गराई बैङ्क वित्तीय संस्था मार्फत सो रकम जम्मा गर्न सक्ने तथा सङ्घ–संस्था आफैँले पनि कर्पोरेटपे मार्फत उक्त भुक्तानी खाताबाटै गर्न सक्ने कोषको विज्ञप्तिमा उल्लेख छ।
बैङ्क शाखा तथा कर्पोरेटपे मार्फत नागरिक लगानी कोषको अवकाश कोषको रकम अनलाइनबाट जम्मा गर्न सकिने भएकाले कोषका ३ लाख भन्दा बढी ग्राहकहरूलाई सुविधा हुनुका साथै कोषलाई स्वचालित रूपमा डिजिटल माध्यम प्रयोग गरी सेवा प्रवाह गर्न पनि मद्दत पुग्ने कोषले बताएको छ।
नागरिक लगानी कोषले एनसीएचएलका कनेक्ट आइपिएस तथा सदस्य बैङ्क वित्तीय संस्थाका शाखा र मोबाइल बैंकिङ्ग लगायतका प्रणाली मार्फत कोषको कर्मचारी बचत वृद्धि अवकाश कोषको (८० प्रतिशत) कर्जा भुक्तानीको रकम सङ्कलन गर्दै आएको छ।
उपदान कोष र लगानीकर्ता हिसाब योजना अन्तर्गत लाभग्राहीहरूको बैङ्क खातामा सिधै भुक्तानी गर्ने गरी एनसीएचएलका विभिन्न प्रणालीहरूको प्रयोग गर्दै आएको छ।
असार २२, २०७९ बुधबार १०:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।