घरकै आँगनमा पानीको ड्रममा डुबेर मृत्यु

सर्लाहीः जिल्लाको हरिवन नगरपालिका- २ मा पानीको ड्रममा डुबेर मङ्गलबार साँझ बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई वर्षीया बालिका अनुषा महतो रहेकी छिन्।
प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार घरमै खेल्ने क्रममा घरको आँगनमा राखिएको पानीको ड्रममा डुबेर महतो बेहोस भएकी थिइन्। उनको नमूना अस्पताल हरिवनमा उपचारका क्रममा मृत्यु भएको हो।
असार २२, २०७९ बुधबार ०९:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।