भैंसी लोड गरेर काठमाडौं ल्याउँदै गरेको पिकअप दुर्घटना, चालकको मृत्यु

भैंसी लोड गरेर काठमाडौं ल्याउँदै गरेको पिकअप दुर्घटना, चालकको मृत्यु

सिन्धुलीः सुनकोशी गाउँपालिका- ६ सितलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना भएको छ। दुर्घटनामा चालकको मृत्यु भएको छ।

सिराहाको विष्णुपुरकट्टी- १ का अन्दाजी २९ वर्षीय बलबहादुर लामाको घटनास्थलमै मृत्यु भएको हो। पिकअप सिराहाबाट भैंसी लोड गरी काठमाडौं आउँदै थियो।

बागमती प्रदेश-०१-०२५च १९५३ नम्बरको भ्यान अनियन्त्रित भई आज बिहान सवा ५ बजे सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो।

असार २२, २०७९ बुधबार ०८:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।