हिजो स्थगित भएको माओवादीको केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौंः माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। आइतबारबाट मङ्गलबारसम्म बस्ने भनिएको बैठक हिजो स्थगित गरेर आज दिउँसो १ बजे बस्ने भएको हो।
पदाधिकारी चयन लगायतका काममा गृहकार्य नपुगेकाले हिजोको बैठकलाई स्थगित गरिएको थियो।
आजको बैठकमा भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम छ।
यस्तै माओवादीमा पार्टीका महत्त्वपूर्ण पदमा पदाधिकारी चयनको काम पनि बाँकी नै छ। पार्टीका नेताहरूले यही बैठकमार्फत पदाधिकारी टुङ्गो लगाउन पार्टी नेतृत्त्वलाई दबाब दिइरहेका छन्।
असार २२, २०७९ बुधबार ०८:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।