पौडी खेल्ने क्रममा खोलामा डुबेर बालकको मृत्यु

पौडी खेल्ने क्रममा खोलामा डुबेर बालकको मृत्यु

कपिलवस्तु : कपिलवस्तुको सुरही खोलामा डुबेर आज एक बालकको मृत्यु भएको छ। शिवराज नगरपालिका–२ का आठ वर्षीय सुचान रोकाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। 

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीका अनुसार बहिनी र साथीसँगै घरबाट निस्केका रोका पौडी खेल्ने क्रममा डुबेको जानकारी दिए। रोकाकी बहिनीले स्थानीयवासीलाई घटनाबारे जानकारी गराएकी थिइन्। 

रोकाको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ। यसअघि पनि सोही स्थानमा पौडी खेल्ने क्रममा डुबेर तीन युवाको मृत्यु भएको थियो। 
 

असार २१, २०७९ मंगलबार १९:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।