नक्कली नोटसहित दुई पक्राउ

नक्कली नोटसहित दुई पक्राउ

काठमाडौँ : नेपाल प्रहरीले नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय दक्षिणकालीबाट खटिएको प्रहरी टोलीले सर्लाहीबाट काठमाडौँ आउँदैै गरेको ना३४प ५५७० नम्बरको पल्सर मोटरसाइकलमा सवार सर्लाही बसबरीया गाउँपालिका–३ का २६ वर्षीय प्रमोद ठाकुर र सोही स्थानका २५ वर्षीय गङ्गाकुमार यादवलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी नायब उपरीक्षक निरञ्जन दत्त भट्टले ठाकुर र यादवलाई एक हजार दरको २७ थान नक्कली नोटसहित पक्राउ गरिएको जानकारी दिए। 

पक्राउ परेका ठाकुर र यादवलाई मुलुकी अपराध संहिता २०७४, परिच्छेद–२२ को मुद्रासम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टले बताए। 
 

असार २१, २०७९ मंगलबार १८:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।