घरमा सुतिरहेका बालकको चट्याङ लागेर मृत्यु

घरमा सुतिरहेका बालकको चट्याङ लागेर मृत्यु

तम्घास : चट्याङ लागेर गुल्मी जिल्लाको मदाने गाउँपालिका –१ अग्लुङ् नेपानेस्थित गुञ्जमान विष्टका १४ वर्षीय छोरा चन्द विष्टको मृत्यु भएको छ। घरमा सुतिरहेका विष्ट आज बिहान ४ बजे चट्याङ लागेर घाइते भएका थिए। 

उनलाई उपचारका लागि गुल्मी अस्पताल ल्याइएको थियो। उपचारकै क्रममा बिहान १०ः३० मा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए। 

असार २१, २०७९ मंगलबार १५:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।