बोक्सी आरोप लगाएर कुटपिट गर्ने धामी पक्राउ

बोक्सी आरोप लगाएर कुटपिट गर्ने धामी पक्राउ

संखुवासभाः ३४ वर्षीया महिलालाई बोक्सीको आरोप लगाएर कुटपिट गर्ने एक धामीलाई प्रहरीले पक्राउ गरेको छ। धर्मदेवी नगरपालिका-२ तामाफोक बस्ने ३७ वर्षीय मोहनबहादुर कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।

झारफुक गर्न आएकी ती महिलालाई असार १४ गते बोक्सीको आरोप लगाई कार्कीले कुटपिट गरेका थिए। महिला कुटपिटबाट घाइते बनाएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मुढेशनिश्चरेबाट उनलाई पक्रन प्रहरी खटिएको थियो।

घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

असार २१, २०७९ मंगलबार १३:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।