सुन तोलामा एक सय रुपैयाँले बढ्यो

काठमाडौंः नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ। आज सुनमा प्रतितोला एक सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय कायम भएको छ। यस्तै आज तेजाबी सुनको मूल्य ९७ हजार एक सय रुपैयाँ कायम भएको छ।
महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला एक हजार २०५ रुपैयाँ कायम भएको छ। यसअघिको मूल्यभन्दा चाँदीमा पाँच रुपैयाँ बढेको हो।
आइतबार र सोमबार भने नेपाली बजारमा सुनको मूल्य स्थिर थियो।
असार २१, २०७९ मंगलबार १२:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।