बिहानै बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय सविनको मृत्यु

बिहानै बालाजुमा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय सविनको मृत्यु

काठमाडौंः बालाजुमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। यस्तै सोही दुर्घटनामा पछाडि सवार व्यक्ति घाइते भएका छन्।

मृत्यु हुनेमा काठमाडौं लोलाङका २२ वर्षीय सविन परियार रहेका छन्। घाइते परियारको पिपुल्स अस्पताल नयाँबजार उपचारको क्रममा बिहान करिब पौने ६ बजे मृत्यु भएको हो।

घाइते भएका काठमाडौंको ईन्द्रचोकका अन्दाजी २२ वर्षकै निरज महर्जनको सोही अस्पतालमा उपचार भइरहेको छ।

सोह्रखुट्टेबाट बालाजुतर्फ जाँदै गरेको बागमती प्रदेश-०२-०२३प ३७७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आज बिहान ५ बजे सडक छेउको बिजुलीको पोलमा ठोकिएको प्रहरी वृत्त लैनचौरले जनाएको छ। 

असार २१, २०७९ मंगलबार १२:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।