मोरङबाट लागूऔषधसहित दुई जना पक्राउ

मोरङबाट लागूऔषधसहित दुई जना पक्राउ

मोरङः लागूऔषध ट्याब्लेटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतीय बजारबाट नेपालतर्फ आउँदै गरेका पथरी शनिश्चरे नगरपालिका-१ का ४४ बर्षीय भानु याङदेनलाई सोमबार दिउँसो पक्राउ गरेको हो।

याङदेनको साथबाट प्रहरीले लुपिजेसिक ७० एम्पुल, फेनारगन ६० एम्पुल, डाईजोपाम ७० एम्पुल र एभिल ७० एम्पुल बरामद गरेको हो।

यसैगरी लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले धरान– ११ का ३८ वर्षीय राजु घिमिरेलाई विभिन्न लागूऔषध ट्याब्लेटसहित पक्राउ गरेको छ। घिमिरेको साथबाट प्रहरीले लुपिजेशिक- २० एम्पुल, एभिल- २० एम्पुल, डाईजेल्याब- २० एम्पुल र फेनरागन- २० एम्पुल बरामद गरेको थियो।

दुवै जनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ।

असार २१, २०७९ मंगलबार १०:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।