भोलिलाई सर्‍यो माओवादीको केन्द्रीय कमिटी बैठक

भोलिलाई सर्‍यो माओवादीको केन्द्रीय कमिटी बैठक

काठमाडौंः आइतबारदेखि जारी माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने कार्यतालिका थियो। तर आजको बैठक स्थगित भएको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का स्वकीय सचिव रमेश मल्लका अनुसार बैठक अब भोलि दिउँसो १ बजे बस्नेछ। गृहकार्य नपुगेको भन्दै बैठक सारिएको हो।

आजकाे बैठकमा प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रिय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम थियो।

यस्तै माओवादीमा पार्टीका महत्त्वपूर्ण पदमा पदाधिकारी चयनको काम पनि बाँकी नै रहेका छन्। पार्टीका नेताहरूले यही बैठकमार्फत पदाधिकारी टुङ्गो लगाउन पार्टी नेतृत्त्वलाई दबाब दिइरहेका छन्।

असार २१, २०७९ मंगलबार १०:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।