आज नेपाल र क्यानेडा भिड्दै

काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानेडाको सामना गर्दैछ। आज राति नेपाली समयअनुसार ९:४५ बाट नेपाल र क्यानेडाबीचको खेल सुरु हुनेछ।
दुई टोलीबीच दुई एकदिवसीय खेलको श्रृङ्खला हुँदैछ। नेपाली टोली यतिबेला क्यानेडामै छ। घरेलु टोली भएकाले क्यानेडा आज जितको खोजीमा हुनेछ। यस्तै नेपाल पनि खेल जितेर स्कटल्याण्डमा हुने विश्वकप लिग टु मा सहभागी हुन उच्च मनोबल बोकर जान चाहन्छ।
स्कटल्याण्डमा नेपाल, स्कटल्याण्ड र नामिबियाबीच त्रिकोणात्मक एकदिवसीय श्रृङ्खला हुनेछ।
नेपालले क्यानेडाविरुद्ध दोस्रो एकदिवसीय खेल भोलि नै खेल्नेछ। यस्तै असार २७ बाट त्रिकोणात्मक श्रृङ्खला सुरु हुनेछ।
असार २१, २०७९ मंगलबार १०:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।