गलत साइडबाट गइरहेको स्कुटर जडिबुटीमा ट्रकसँग ठोकियो, चालक गम्भीर घाइते

गलत साइडबाट गइरहेको स्कुटर जडिबुटीमा ट्रकसँग ठोकियो, चालक गम्भीर घाइते

काठमाडौंः जडिबुटीमा गए राति ट्रक र स्कुटर ठोकिँदा स्कुटर चालक गम्भीर घाइते भएका छन्। घाइते हुनेमा दोलखा लापिलाङ- ६ घर भई हाल भक्तपुरको ठिमी बस्ने ३४ वर्षीय सुन्दर थामी रहेका छन्।

उनको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ। जडिबुटीबाट कोटेश्वरतर्फ जाँदै गरेको बा४ख ८६११ नम्बरको ट्रक र कोटेश्वरबाट जडिबुटी एकतर्फी सडकमा गलत साइडबाट जाँदै गरेको बा७५प ५६९४ नम्बरको स्कुटर गए राती पौने १२ बजे ठोकिएको हो।

दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरी वृत्त नयाँ बानेश्वरले नियन्त्रणमा लिएको छ।

असार २१, २०७९ मंगलबार ०८:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।