राप्ती हाइड्रोको आईपीओ असार २९ मा

राप्ती हाइड्रोको आईपीओ असार २९ मा

काठमाडौंः राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपीओ बिक्री खुला गर्ने भएको छ। यही असार २९ गतेदेखि कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई शेयर बाँडफाँट गरी बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता आईपीओ निष्काशन गर्न लागेको हो।

त्यसमध्ये ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता कर्मचारीहरूलाई, ५ प्रतिशत अर्थात एक लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषलाई र २१ लाख ७६ हजार ९४० कित्ता सर्वसाधारणका लागि आवेदन खुला गरिने कम्पनीले जनाएको छ।

आईपीओ भर्ने अन्तिम मिति साउन १ गते हुनेछ। त्यस अवधिमा मागबमोजिम आवेदन नपरेमा आवेदन म्याद साउन ११ गतेसम्म लम्बिनेछ।

इक्रा नेपाले कम्पनीलाई 'इक्राएनपी आईआर बी' रेटिङ्ग प्रदान गरेको छ।

असार २१, २०७९ मंगलबार ०८:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।