इन्धनको मूल्य बढ्यो, पेट्रोल एक लिटरको एक सय ८१

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिकतर्फको हवाई इन्धनको मूल्य बढाएको छ।
सोमबार साँझ आयल निगमले विज्ञप्तिमार्फत पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ र आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्यवृद्धि गरेको जनाएको हो।
सोमबार राति १२ बजेदेखि पेट्रोलको मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ र आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १९० पुगेको छ।
असार २०, २०७९ सोमबार २२:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।