भारतीय दूतावासभित्र गोली लागेर एक सुरक्षाकर्मीको मृत्यु, शव शिक्षण अस्पतालमा

काठमाडौँ : काठमाडौँको लैनचौरमा रहेको भारतीय दूतावासमा एक भारतीय सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएको छ। सोमबार बिहान ९ बजे दूतावासभित्र रहेका एक सुरक्षाकर्मीको मृत्यु भएको हो।
उनको शव पोस्टमार्टमका लागि शिक्षा अस्पताल महाराजगन्जमा राखिएको छ। तर यसबारे नेपाल प्रहरी वा दुतावासका कुनै अधिकारीले औपचारिक रूपमा कुनै सूचना दिएका छैनन्।
दूतावासको पेरिमिटरको सुरक्षामा नेपाली सुरक्षाकर्मी खटिए पनि दूतावासभित्रको सुरक्षामा भने दूतावासकै सुरक्षाकर्मी खटिने गरेका छन्।
दूतावासभित्रको सुरक्षामा खटिएका भारतीय सुरक्षाकर्मीको मृत्यु भएको र मृत्युको कारण गोली लागेर र उनी सुरक्षागार्ड रहेको बताइएको छ। उनको नाम दीपक सिंह रहेको खुलेको छ। उनले इन्सास राइफलले आफैंलाई गोली हानेको दुतावासबाट प्रहरीका उच्च अधिकारीलाई जानकारी आएको छ।*
पनि मृतकको नाम, दर्जा अनी घटनाको कारण लगायतका थप विवरण भने खुल्न सकेको छैन।
स्रोतका अनुसार मृतकले आफैँले गाली हानेको र यसबारे दूतावासले नै अनुसन्धान गर्नेसम्मको सूचना प्रहरीमा आएको छ।
१८ वर्ष अगाडि भारतीय दुतावासभित्रै भारतीय सुरक्षाकर्मीविच विवादहुँदा गाोली लागेर एक भारतीय सुरक्षाकर्मी घाइते भएका थिए। शिक्षण अस्पतालमा उनको उपचार भएको थियो र अनुसन्धान दुतावासका अधिकारीले नै गरेका थिए।
*अपडेट
असार २०, २०७९ सोमबार १५:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।