आनले स्वागत गर्यो विज्ञापन संहिता, तत्काल लागु गर्न माग

काठमाडौँ : विज्ञापन बोर्डले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारण सम्बन्धी आचारसंहिता २०७९ सार्वजनिक गरेकोमा नेपाल विज्ञापन सङ्घले स्वागत गरेको छ।
३८ पृष्ठ लामो उक्त आचार संहितामा १३ वटा मूल खण्डमा विज्ञापन एजेन्सी सञ्चार गृह, उपभोक्ता ,स्थलगत विज्ञापन ,विज्ञापन उत्पादन ,वितरण, प्रकाशन, प्रसारण, पारदर्शिता,भुक्तानी र कानुनी उपचारको बारेमा उल्लेख छ।
यो आचार संहितामा विज्ञापन व्यवसायमा संलग्न व्यक्ति, सर्जक, सञ्चार गृह, विज्ञापनदाता, विज्ञापन श्रृर्जना, उत्पादक सबै विज्ञापन चक्रका लाभग्राहीलाई समेटिएको भन्दै सङ्घले धन्यवाद दिएको छ।
सङ्घले जारी गरेको विज्ञप्तिमा संहिताबाट विज्ञापन क्षेत्र उत्साहित भएको उल्लेख गरेको छ। उसले संहिताले विज्ञापन चक्रका पाचँवटै पक्षलाई सहयोग पुग्ने उल्लेख गरेको छ।
आचारसंहिताले विज्ञापन व्यवसायीहरूका सुझावलाई केही मात्रामा समेटेको र ढिलै भए पनि आएकाले देशमा विज्ञापन क्षेत्रको विकास र विस्तारमा टेवा पुर्याउँदै उपभोक्ताको वस्तु वा सेवाको बारेमा जानकारी पाउने अधिकारलाई सुनिश्चित गर्ने उल्लेख गरेको छ।
'यो आचार संहिता तत्काल लागु गर्न आवश्यक छ र यसलाई कार्यान्वयन गर्दै समयाकुल सुधार गर्नु तथा व्यवसायीहरूको मागहरूलाई संशोधन गर्न सकेमा संहिता प्रभावकारी हुनेछ,' सङ्घले भनेको छ' सङ्घ विज्ञापन बोर्डलाई विज्ञापन बजारको बिस्तार, प्रवर्द्धन, संरक्षण र विकासमा बोर्डले चालेका कदमहरूमा हातेमालो गर्न सदा तत्पर रहेको छ।'
असार २०, २०७९ सोमबार १४:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।