गृहमन्त्री खाँण र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेटघाट

काठमाडौंः गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेट भएको छ। राजदूत नियुक्त भएर नेपाल आएपछि आज बिहान श्रीवास्तवले गृहमन्त्रालयमा मन्त्री खाँणसँग भेटघाट गरेका हुन्।
भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारे कुराकानी भएको थियो। भेटमा गृहमन्त्री खाँणले नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौता अनुरूप कृषि रासायनिक मल छिटो उपलब्ध गराउन सहजीकरण गरिदिन आग्रह गरेका थिए।
राजदूत श्रीवास्तवले आफूले पहल कदमी लिने बताए।
असार २०, २०७९ सोमबार ११:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।