दुईटा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु, तीन घाइते

दुईटा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु, तीन घाइते

सुनसरीः भोक्राहा नरसिंह-५ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा तीन जना घाइते भएका छन्।

आइतबार दिउँसो साढे ३ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को२८प ४०९३ नम्बरको मोटरसाइकल र दक्षिणबाट उतरतर्फ हाइवे क्रस गर्दै गरेको को१९प ९९६५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा २ वटा मोटरसाइकलमा सवार चार जना घाइते भएका थिए।

घाइते चारै जनालाई  उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लगिएकोमा ९९६५ नम्बरको मोटरसाइकल चालक भोक्राहा नरसिंह-५ बस्ने ४५ वर्षीय रजाक मियाँको उपचारको क्रममा मृत्यु भएको हो। अन्य तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

असार २०, २०७९ सोमबार ११:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।