ट्राफिक नियम उल्लङ्घन गर्ने २४ सय चालक कारबाहीमा

ट्राफिक नियम उल्लङ्घन गर्ने २४ सय चालक कारबाहीमा

काठमाडौंः काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले हिजो एकैदिन २४ सय चालकलाई कारबाही गरेको छ। ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार ४०३ जना चालकहरूलाई हिजो काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट कारबाही गरिएको हो।

फुटपाथमा पार्किङ गर्ने १४९ जना, लेन उल्लङ्घन गर्ने १४१ जना, मदिरा पिएर सवारी साधन चलाउने १३३ जना, तीव्र गतिमा सवारी साधन चलाउने ८७ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ८२ जना, ढोका खुल्लै राखेर सवारी चलाउने ६४ जनालाई कारबाही गरिएको छ।

यस्तै रातो बत्तीको उल्लङ्घन गर्ने ५९ जना, अवस्था ठीक नभएका सवारी साधन चलाउने ३४ जना र क्षमताभन्दा बढी यात्रु राख्ने २६ जना चालकहरू रहेका छन्।

सडक अनुशासन कायम राख्न र दुर्घटनाको जोखिम न्यूनीकरण गर्न ट्राफिक प्रहरीले यस्ता कारबाही गरिरहेको हुन्छ।

असार २०, २०७९ सोमबार १०:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।