अप्पर सोलुको आईपीओ खुला, साढे १९ लाख कित्ता शेयर निष्काशन

अप्पर सोलुको आईपीओ खुला, साढे १९ लाख कित्ता शेयर निष्काशन

काठमाडौंः अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आज आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता शेयर निष्काशन गरेको हो।

निष्काशन गरिएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ। बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

आईपीओ भर्ने मिति असार २३ गतेसम्म रहेको छ। सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा आवेदन दिने म्याद साउन २ गतेसम्म लम्बिनेछ।

इक्रा नेपाले कम्पनीलाई 'इक्राएनपी आईआर डबल बी प्लस' रेटिङ्ग प्रदान गरेको छ।

असार २०, २०७९ सोमबार १०:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।