जसपाले फिर्ता बोलायो तीन मन्त्रीलाई, नयाँ मन्त्रीको नाम पनि सिफारिस

जसपाले फिर्ता बोलायो तीन मन्त्रीलाई, नयाँ मन्त्रीको नाम पनि सिफारिस

काठमाडौंः जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा रहेका तीन जना मन्त्रीहरूलाई फिर्ता बोलाएको छ। कृषिमन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधारमन्त्री रेणु यादव र वनमन्त्री रामसहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो।

सरकारमा जसपाका चार मन्त्री छन्। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठलाई भने फिर्ता बोलाइएको छैन।

यस्तै पार्टीले नयाँ मन्त्रीहरूको नाम पनि सिफारिस गरिसकेको छ। नयाँ मन्त्रीमा इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंह छन्। नयाँ मन्त्रीहरूको शपथ भोलिसम्म हुने बताइएको छ।

भौतिक पूर्वाधारमन्त्रीमा राई, वनमन्त्रीमा यादव र कृषिमन्त्रीमा राष्ट्रिय सभा सदस्य सिंह सिफारिस भएका छन्।

असार २०, २०७९ सोमबार ०९:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।