लमहीमा टेम्पोको ठक्करबाट महिलाको मृत्यु

दाङः लमही नगरपालिका- ५ वयलडाँडामा गए राति टेम्पोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ४५ वर्षीय राजकुमारी चौधरी रहेकी छिन्।
गम्भीर घाइते भएकी उनको उपचारको क्रममा चौराहा अस्पताल बुटवलमा आज बिहान पौने ६ बजे मृत्यु भएको हो। लमहीबाट गढवातर्फ जाँदै गरेको रा१स ३४५० नम्बरको टेप्मोले गए राति साढे ९ बजे सडक पार गर्दै गरेकी महिलालाई ठक्कर दिएको हो।
टेम्पो चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ।
असार २०, २०७९ सोमबार ०८:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।