बागमती प्रदेशको एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज बागमती प्रदेशको एक-दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको कारण वर्षाको सम्भावना रहेको हो।
यतिबेला देशका धेरै स्थानमा सामान्य बदली रही लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
आज राति पनि देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बागमती प्रदेशको एक-दुई स्थानमा भीषण वर्षाको समेत सम्भावना छ।
असार २०, २०७९ सोमबार ०७:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।