भारतको नेपाललाई उपहार : ७५ एम्बुलेन्स, १७ स्कुल बस

भारतको नेपाललाई उपहार : ७५ एम्बुलेन्स, १७ स्कुल बस

काठमाडौँ : भारत सरकारले नेपाललाई ७५ वटा एम्बुलेन्स र १७ वटा स्कुल बस उपहार दिएको छ।  भारतले आइतबार सो सङ्ख्यामा एम्बुलेन्स र स्कुल बस उपहार दिएको हो।

भारतको स्वतन्त्रता दिवसको अवरमा  डेको अवसरमा नेपालस्थित भारतीय दूतावासले ७५ वटा एम्बुलेन्स र १७ वटा स्कुल बस नेपाल सरकारलाई हस्तान्तरण गरेको हो।

नेपालका लागि नवनियुक्त राजदूत नभिन श्रीवास्तवले शिक्षा मन्त्री देवेन्द्र पौडेललाई एम्बुलेन्स र स्कुल बसको साँचो हस्तान्तरण गरेका थिए ।

‘दुई देशबिचको मैत्री सम्बन्ध अन्तर्गत एम्बुलेन्स र स्कुल बस नेपाललाई उपहार दिइएको हो । यसले स्वास्थ्य र शिक्षाको पूर्वाधारमा नेपाललाई सहयोग पुग्ने अपेक्षा राखेको छु’ कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले भने।

भारतले उपहार दिएका ती एम्बुलेन्स र स्कुल बस विभिन्न सरकारी विभाग र विभिन्न जिल्लामा रहेको स्वास्थ्य र शिक्षा क्षेत्रमा आबद्ध गैर सरकारी संस्थालाई हस्तान्तरण गर्ने भारतको लक्ष्य रहेकोसमेत श्रीवास्तवले बताए । 

असार १९, २०७९ आइतबार २३:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।